Apr 29, 2025

नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको


काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।

बिहीबार छापावाल सुन मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा शुक्रबार १ हजारले घटेर १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।