May 7, 2025

पियोर इनर्जीको आईपीओ भयो बाँडफाँड


काठमाडौं । पियोर इनर्जीले निष्काशन तथा बिक्री गरेको पियोर इनर्जीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो । उक्त शेयरमा कुल १८ लाख ५४ हजार ४९७ जनाले २ करोड १० लाख ५३ हजार ४६० कित्ता शेयरका लागि आवेदन दिएका थिए । त्यसमध्ये १८ लाख ४६ हजार ६६४ आवेदन स्वीकृत भए भने ६ हजार ४२६ आवेदन रद्द भए । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको आईपीओ बाँडफाँड गरिएको छ ।

आज भएको बाँडफाँडअनुसार १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।