ईकोनोमिक खबर, काठमाण्डौं। नेपालमा जि.डब्लु.एमले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३को डेलिभरी शुरु गरेको छ।
जि.डब्लु.एमले ओरा ०३को लागि जेठ ३, २०८०मा बुकिङ खुला गरेको थियो र बुकिङ घोषणा गरे देखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाईरहेको छ।
प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरू सहितको यसको टाईमलेस एक्सटेरियर र आकर्षक ईन्टेरियरलाई ग्राहकहरूले मन पराईरहेका छन् । ओरा ०३मा ४८ KWHको ब्याट्रीको साथ 400 kms (NEDC)को प्रभावशाली ड्राइभिङ्गरेन्ज रहेको छ । सुरक्षाको पक्षमा, ओरा ०३ देशका थोरै विद्युतीय सवारीहरू मध्ये एक हो जसले ANCAP र EURONCAP दुवैमा फाईभ–स्टार प्राप्त गरेको छ, जसले हरेक यात्रामा आत्मविश्वास जगाउँछ । ओरा ०३ मासीक्स ओमनिडायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकलहोल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू छन् ।
जि.डब्लु.एमको बारेमाः
भिजि ईम्पेक्स प्रा.लि.नेपालमा जि.डब्लु.एम सवारी साधनको एक आधिकारिक आयातकर्ता र वितरक हो । जि.डब्लु.एमले हाभल एच् ६, हाभल जोलायन, पावर, र वीङ्गल ५ जस्ता विश्वव्यापी रूपमा लोकप्रिय मोडलहरू मार्फत नेपालमा आफ्नो उपस्थिति दृढताका साथ स्थापित गर्न सक्षम भएको छ र हालसालै अल न्यु इलेक्ट्रिक–क्रसओभर ओरा ०३ सार्वजनिक गर्दै जि.डब्लु.एम नेपालले बजार विस्तार गरिरहेको छ ।
देशको नेक्स्ट–जेन अटोमोटिभ नवाचारलाई मूर्त रूपमा प्रोत्साहन गर्ने वाचाको साथमा जि.डब्लु.एम नेपालले देशभरि नै फ्युचरिस्टक मोडलहरू र प्रिमियम प्रस्तावहरू थपेर बिक्री र बिक्रीपछिको सेवालाई निरन्तर स्तरोन्नति गर्न प्रतिबद्ध छ । जि.डब्लु.एम नेपालले सधैं उपभोक्ताहरूलाई नयाँ र विस्तृत सेवाहरू प्रदानगर्दै नेपालको अटोमोटिभ इकोसिस्टमलाई अगाडि बढाउने कुरामा ध्यान केन्द्रित गरेको छ ।