
त्रभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरूवा मागेका छन् । हालै घटेको सुन काण्डको कारण आफूहरूलाई विभिन्न निकायबाट दुःख दिइएको र काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरूवा मागेका हुन। विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ "घटनामा दोषी जो कोहीलाई कानुनबमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै दुई मत रहेन तर, कर्तव्य पालनाका सिलसिलामा खटिएका कर्मचारीहरूमाथि अनावश्यक धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएका यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्य र जिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरूमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ" ।