
रूपन्देही। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीले आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रूपन्देहीमा रहेका विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन् ।
सो क्रममा कृषिमन्त्री अधिकारीले परियोजन मार्फत संचालित कार्यक्रमको प्रभावकारीता अझै बढाउन पर्ने बताए ।
परियोजनाका सन्दर्भमा विभिन्न टिकाटिपणीहरु आए पनि फिल्डमा आएर हेर्दा युवाहरुलाई कृषि उद्यममा लाग्ने वातवरण परियोजनाले बनाएको पाएको मन्त्री अधिकारीले बताए ।
यान्त्रिकरण सहितको आधुनिक कृषि आजको आवश्यकता भएकाले यस परियोजनालाई यसै तर्फ केन्द्रित गरिने मन्त्री अधिकारीले बताए ।
सरकारले गर्ने लगानी आमनागरिककै श्रोत भएकाले यसको सही सदुपयोग गर्दै प्रतिफल लिन पनि किसान तथा उद्यमीहरुलाई मन्त्री अधिकारीले आग्रह गरे।