
धादिङ। धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा रहेको श्री निरन्जना माध्यमिक विद्यालयमा बैशाख १२ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता-२०८२ ’ हुने भएको छ।
नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षण तथा श्री निरन्जना माध्यमिक विद्यालयको संयोजनमा हुने प्रतियोगिताको आयोजक मार्पाक सामुदायिक क्लब ( CCM ) तथा सह – आयोजक श्री निरन्जना SLC Batch २०५६ रहेको छ, भने प्रायोजकमा चन्द्र ब. – बुनादेवी अधिकारी अक्षयकोष समिति रहेको छ । पाँचौ संस्करणमा पनि नेत्रावती डबजोङ्ग गाउँपालिका भरिका विद्यालयका कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी हुन सक्नेछन् ।
प्रतियोगितामा प्रथम, द्दितिय र तृतिय हुनेले नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन्।
साथै चौथो र पाँचौ हुने ३ जनालाई पनि नगद र प्रमाण – पत्र तथा छैटौँ हुने ४ जनालाई पनि आकर्षक उपहार र प्रमाण – पत्र प्रदान गरिने छ, भने सान्वना हुने बाँकी सबैजनालाई सहभागिताको पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक तथा मार्पाक सामुदायिक क्लब ( CCM ) का महासचिव काजिराम अधिकारीले जानकारी दिए।
यस्तै, उक्त प्रतियोगिताको टि.भि. पार्टनरमा दिब्य दर्शन टेलिभिजन, रेडियो पार्टनरमा निलकण्ठ एफएम, अनलाइन मिडिया पार्टनरहरुमा जन अपडेट, भिजन न्यूज नेपाल, धादिङ सञ्चार र गुल्मि बुलेटिन रहेको छ, भने प्रिन्टिङ सपोर्टमा New Zoom फोटो स्टुडियो म्हेपी रहेको छ।