काठमाडौं । नेपाल आयल निगमले आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको छ ।
आज सम्पन्न निगमको ४३ औं वार्षिक उत्सवका अवसरमा उक्त जानकारी दिइएको हो ।
निगमले आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेको थियो
त्यसैगरी ३ खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ ।