ईकोनोमिक खबर, काठमाठौँ। बैंकक स्थित मुख्यालय रहेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनल, नेपालको अग्रणी एयरलाइन जि. एस. ए.—एजेन्सी सोसाइटी इन्टरनेशनल ट्राभल सर्विसेसलाई नेपालको बजारको लागि आफ्नो जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ । उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू भएको छ ।
सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेशनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवाहरू उपलब्ध गराउने छ ।
यस साझेदारी मार्फत, थाई एयरवेज इन्टरनेशनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनःसञ्चालन गर्नेछ । सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाई एयरवेजले नेपाली उड्डयन इतिहासमा र नेपाली जनतामाझ विशेष स्थान राख्न सफल भएको छ । थाई एयरवेज इन्टरनेशनलले थाइल्याण्डमा विदेशी पर्यटन प्रवद्र्धन गर्ने आफ्नो निरन्तर प्रतिबद्धता अनुसार नेपाली जनतामा थाई एयरवेजको सेवा र सुविधाको उपस्थितिलाई सुदृढ गर्दै नेपाली बजारमा रहेको अवसरको सदुपयोग गर्न चाहन्छ ।
थाई एयरवेज इन्टरनेशनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पूनसञ्चालनमा आएको प्रति खुसी व्यक्त गर्नुभयो । साथै उहाँले थप्नुभयो “थाइल्याण्ड भित्रका विभिन्न आन्तरिक तथा विश्व प्रसिद्ध गन्तव्यहरू जस्तै फुकेट, पट्टाया र क्राबी साथै राजधानी शहर बैंककलार्इ थाई एयरवेजको उडान पुनःसञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्याका लागि मात्र नभई दुई देशहरूबीचको आर्थिक गतिविधिहरुलाई समेत अभिवृद्धि गर्नेछ भन्ने कुराम ाविश्वस्त रहेको जनाउनु भएको छ ।
अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न शहरहरुमा थाई एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई सहज र सुरक्षित उडान विकल्पहरु प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन गर्न सक्षम हुनेछौँ भन्नेमा हामी विश्वस्त छौँ । थाई एयरवेजको सञ्चालनमा विगत देखि नै सहयोग गर्नुभएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण साथै नेपालको हाम्रो यात्रामा तथा सफलतामा योगदान पुराउने सम्पूर्ण टुर–ट्राभल एजेन्ट तथा कर्मचारीलाई धन्यवाद प्रदान गर्न चाहन्छौँ । ”
आर आर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भन्नुभयो, “हामी थाई एयरवेज इन्टरनेशनलको नेपालकालागि जि.एस.ए नियुक्त भईकाम गर्न पाउँदा हर्षित र सम्मानित भएका छौं । हाम्रो नियुक्ती सोसाइटी इन्टरनेशनल ट्राभलको अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास सहितको स्थानिय विशेषताको प्रतिबिम्ब हो भन्नेमा हामी विश्वस्त छौँ । सन् १९६८ देखि नेपालमा उडान सञ्चालनको आफ्नो गौरवशाली इतिहासको साथ, थाई एयरवेजले नेपाली जनताको हृदयमा विशेष स्थान राखेको छ र यसले नेपाली जनतालाई ‘भ्याकेसन’ र ‘अन–बोर्ड सर्विस’को अवधारणा परिचय गराउनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । बैंकक नेपाली परिवारका लागि पुस्तौँ देखि विदेशी भ्याकेसनको पहिलो गन्तव्य बनेको कुरा यथावत् नै छ । थाई एयरवेजको उडान पुनःसञ्चालनले पर्यटकहरूलाई नेपाल भ्रमणका लागिथप कनेक्टिभिटी उपलब्ध गराएर नेपाली पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न पनि मद्दत गर्नेछ भन्नेमा हामी विश्वस्त रहेका छौँ ।”