Apr 30, 2025

संयुक्त ट्याक्सी सेवाको नयाँ वर्ष २०८२को भित्तेपात्रो लोर्कापण


काठमाडौं। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज र उपत्यका ट्याक्सी सेवाले संयुक्त रुपमा नयाँवर्ष २०८२ को भित्तेपात्रो लोर्कापण गरेका छन् ।

पहिलोपटक भित्तेपात्रो प्रकाशन गर्दै पहिलो संस्करणको पात्रो लोर्कापण उनीहरुले गरेका हुन् ।

लोकार्पण कार्यक्रम बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका वरिष्ठ स्वास्थ्य सल्लाहकार डा. अमित सिंह कार्कीको प्रमुख आथित्यता तथा वरिष्ठ सल्लाहकार टोप बहादुर खत्री र सल्लाहकार रोम राना मगरको विशिष्ट आथित्यता साथै, नेपाल शिक्षक संघ गजुरी गाउँपालिकाका सचिव सहदेव प्रसाद जम्कटेल र सदस्य रामचन्द्र श्रेष्ठको आथित्यतामा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा केन्द्रीय बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका अध्यक्ष दीपक नेपालले संस्था स्थापनाको इतिहासलाई स्मरण गर्दै संस्थाले यो उचाई हाँसिल गर्नमा सबैको सकारात्मक भूमिका रहेको भन्दै संस्थाले आगामी दिनमा अझ सशक्त रुपमा अघि बढ्नका लागि लिइएका नीति तथा योजनाहरुको बारेमा प्रकाश पारेका थिए।

यस्तै, उक्त कार्यक्रममा वरिष्ठ सल्लाहकार टोप बहादुर खत्री र सल्लाहकार रोम राना मगरले संस्थाले धेरै राम्रो कामहरु गर्दै गईरहेको र अझ धेरै कामहरु गर्न बाँकी रहेकोले एकजुट भएर स्वरोजगार चालक मजदुरहरुको हकहित र अधिकार प्राप्तिमा लाग्न उत्प्रेरित गरेका छन्।

यसैगरी, कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष बाबुकाजी श्रेष्ठले यात्राको क्रममा धेरै बौद्धिक व्यक्तिहरुसँग भेटघाट हुने क्रममा यो संस्था बनाउन सफल भएको कुरा स्मरण गराउदै पेशागत मर्यादामा सधै लागिरहने बताए।

त्यस्तै, कार्यक्रममा संस्थाका महासचिव तथा उपत्यका ट्याक्सी सेवाका संचालक अध्यक्ष राजन कुमार श्रेष्ठले भने,`हामीले पहिलोपटक पात्रो प्रकाशित गरेका छौँ। तपाईंहरुको साथ र सहयोगले यो संस्था र उपत्यका ट्याक्सी सेवा आज यो स्थानमा आईपुगेको छ।´

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा संस्थाका वरिष्ठ स्वास्थ सल्लाहकार डा. अमित सिंह कार्कीले आफूले अनलाइन एप्लिकेसनको प्रयोग गरेर ट्याक्सी बोलाउदा नीजि सवारी आएको किस्सा सुनाउदै ४१ / ४२ लाख रुपैयाँ व्यक्तिले हालेर ट्याक्सी किनेर तर ७/८ लाखको गाडीले चालकको काम गरिरहेको छ, तर यो संस्थाले यस्ता गैर कानुनी गतिविधि गर्नेहरुलाई कानुनी कार्बाहीको सिफारिस गर्ने छ भन्नेमा आशाबादी हुँदै साथै संस्थालाई निरन्तर साथ र सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे।

यस्तै, कार्यक्रममा अतिथि नेपाल शिक्षक संघ गजुरी गाउँपालिकाका सचिव सहदेव प्रसाद जम्कटेलले यो सराहनीय कार्य प्रति नतमस्तक रहेको साथै शिक्षक बोक्ने, पाईलट बोक्ने, बिदेशी बोक्ने, बिरामी बोक्ने चालकहरु तर चालकहरुको जायज माग सम्बन्धि निकायले नसुन्ने ? जस्ता प्रश्नहरु राखेका थिए भने संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वहरु सधै गर्न र पेशा मर्यादित बनाउन महत्त्वपूर्ण सल्लाह दिए।

उक्त भित्तेपात्रो लोकार्पण कार्यक्रम संचालन सचिव शिव प्रसाद धरेलले गरेका थिए, भने महासचिव तथा उपत्यका ट्याक्सी सेवाका संचालक अध्यक्ष राजन कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त थिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सबिन अधिकारी, सह-कोषाध्यक्ष होमनाथ खतिवडा, कार्यसमिति सदस्यहरु जीवन थोकर, राम कुमार श्रेष्ठ, राम कुमार कुँवर, तार्केश्वर ईकाइका अध्यक्ष होम बहादुर खड्का, उपत्यका ट्याक्सी सेवाका संचालक सदस्य राजु श्रेष्ठलगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।