धादिङको गजुरीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु, प्रहरीटोली उद्धारमा सक्रिय


ek, काठमाडौं,

आज ०६ गते अं ११;१० बजेको समयमा जिल्ला धादिङ गजुरी गा.पा.-०२ चालिसे स्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनी ( म्याग्दी कोरला यातायात प्रा.ली ) तर्फ जादै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं. बस अनियन्त्रित भई त्रिशुली नदिमा सडकबाट अ. ३०/४० मिटर तल खस्न जाँदा ८ जनाको मृत्यु भएको (जसमध्ये २ महिला ,६ पुरुष रहेको र मृतक मध्य ३ जनाको नाम थर खुलेको ५ जनाको खुल्न बाँकी रहेको ) छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी अन्य सुरक्षा निकायका सदस्यहरू र स्थानीय नागरिकहरूको सहयोगमा १७ जनाको जीवित उद्धार गरिएको छ ।  

सो सवारी साधनमा २५ जना सवार रहेको, जीवित उद्धार गरिएका १७ मध्य १४ जनालाई थप उपचारको लागि काठमाडौं तर्फ ल्याइएको, १ जना उपचार पश्चात् डिस्चार्ज, १ जनाको मलेखुको टिचिंग अस्पतालमा उपचार भइरहेको र १ जना सकुसल रहेको छ ।