Apr 10, 2025

प्रभु शाहको घोषणा: भोलि भृकुटीमण्डपमा तेस्रो जनआन्दोलन, एक लाख जनता उतार्ने तयारी


काठमाडौं। आम जनता पार्टीले तेस्रो जनआन्दोलनको घोषणा गर्दै भोलि आईतवार काठमाडौंको भृकुटीमण्डपमा एक लाख जनता उतार्ने तयारी गरेको छ।

शनिबार पत्रकारहरु संग कुरा गर्दै पार्टी अध्यक्ष तथा पूर्वमन्त्री प्रभु शाहले वर्तमान बहुदलीय व्यवस्था र पूर्व राजतन्त्रबीच खासै भिन्नता नरहेको उल्लेख गर्दै, दुवैले जनताको चाहनाअनुसार शासन गर्न नसकेको आरोप लगाए।

“बहुदलीय व्यवस्था र राजतन्त्र एउटै छन्, सत्ता मात्रै फेरिएको छ, जनताको अवस्था जस्ताको तस्तै छ,” शाहले भने। कार्यक्रम आइतवार दिउँसो १२ बजे सुरु हुने बताइएको छ।