
नेपाली बजारमा छापावाल सुनको मूल्य घटेको छ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार नौ सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँ पुगेको थियो।
बिहीबारको उक्त मूल्य हालसम्मकै उच्च हो।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।