Apr 8, 2025

नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच लगानी प्रर्वद्धन गर्ने समझदारी 


नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच लगानी प्रर्वद्धन गर्ने समझदारी

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितीमा बुधबार थाइल्याण्डको बैंककमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गर्नुभयो।

लगानी तथा व्यापार प्रबद्र्धनसँगै आर्थिक तथा व्यापार सम्बन्धी अध्ययन÷अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदानप्रदान लगायतमा सहकार्य गर्ने दुई संस्थाबीच समझदारी भएको हो।

विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्याडको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसंघका अध्यक्ष अग्रवालले आह्वान गर्नुभयो।

लगानी प्रबद्र्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनहरुमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने उहाँले बताउनुभयो ।

परिसंघले बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकका बीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने भएकाले विदेशी लगानीकर्तालाई लगानीका लागि परिसंघले आह्वान गर्दै आएको छ।

दुई संस्थाबीच भएको समझदारी पत्र हस्ताक्षर समारोहमा थाइल्याण्ड भ्रमणमा रहनुभएका नेपाली प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो।