
एफ ए ओ नेपाल र मन्डनदेउपुर नगरपालिकाको सहकार्यमा संचालित ‘फोर बेटर’ परियोजनाको प्रगति र योजना कार्यशाला गोष्ठी हालै सम्पन्न भएको छ।
यस कार्यक्रममा मन्डनदेउपुर नगरपालिकाका प्रमुख, उप प्रमुख, र कार्यपालिका बोर्डका सदस्यहरू सहित विभिन्न सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यशालामा मन्डनदेउपुरको समग्र विकासका प्रमुख क्षेत्रहरू-जस्तै कृषि, पशुपालन, पर्यटन, पोषण र दिगो विकासका पहलहरूको प्रगतिको मूल्याङ्कन गरिएको छ।
यस परियोजनाबाट प्राप्त उपलब्धिहरूको समीक्षा गर्दै आपसी सहकार्य र छलफल मार्फत भावी कायैक्रमकाृ प्राथमिकता तय गरिएको हो ।
विशेष रूपमा, कृषि र पशुपालनको सुधारका लागि स्थानीय स्रोतहरूको सही प्रयोग र नयाँ प्रविधिहरूको समावेश गर्नुपर्ने आवश्यकता र पर्यटनको दिगो विकासको रणनीतिहरूमा केन्द्रित गरिएको थियो।
साथै, पोषण र स्वास्थ्यको क्षेत्रमा अझ बढी ध्यान दिनका लागि विभिन्न पहलहरूको सुझाव पनि प्रस्तुत गरिएको छ।
कार्यशालाले मन्डनदेउपुर नगरपालिका र एफएओ नेपाल बीच सहकार्यलाई थप सुदृढ बनाउँदै, भविष्यमा यी प्रमुख क्षेत्रहरूमा प्रभावकारी योजनाहरू र नीतिहरू तयार पार्ने दिशामा कार्य गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
समग्रमा, यस कार्यशालाले मन्डनदेउपुरको समग्र दिगो विकासका लागि साझा लक्ष्यहरू निर्धारण गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दै भविष्यमा अझ धेरै सृजनात्मक र प्रभावकारी योजनाहरू कार्यान्वयन गर्न मार्गदर्शन गरेको छ।
The Food and Agriculture Organization (FAO) Nepal and Mandandeupur Municipality organized ‘4 Betters’ Progress & Planning Workshop. With participation from the Mayor, Deputy Mayor, and municipal board members, the event served as a collaborative platform to evaluate progress in sectors like agriculture, livestock, and tourism. Together, they celebrated milestones, addressed challenges, and committed to shared goals aimed at boosting sustainability and driving regional growth. This initiative highlights a united effort to foster long-term benefits and resilience for the local community, paving the way for a sustainable future.
#Sustainability #4Betters