ईकोनोमिक खबर, काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट प्रदर्शन र फिचरहरु प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुनेछ । रेड्मी सिरज अन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान गर्दै बजेट अनुकूल स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने लक्ष्य राखेको छ ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, श्री अमित कुमार पन्ंडाले भन्नुभयो,“हामी शाओमीका प्रविधियुक्त स्र्माटफोनहरु सबैका लागि पहुँच योग्य बनाउन प्रतिबद्ध छौँ । रेड्मी १२ मोडलमा फिचर, प्रदर्शन र किफायतीको संयोजन मार्फत हामी इन्ट्री लेबल स्र्माटफोनलाई पुन: परिभाषित गर्ने उद्देश्य राखेका छौँ । हामीलाई विश्वास कि यस डिभाइसले प्रयोगकर्तालाई डिजिटल संसारका सम्पूणर््ा सम्भावनाहरूका ढोका खोल्नेछ । ”
प्रोसेसर
रेड्मी १२ मा १२ एन एममा निर्मित Octa-Core डियाटेक हिलियो G88 प्रोसेसर, 2GHzमा 2x आर्म कोरटेक्स-A75 कोरहरु तथा 1.8GHz मा 6x आर्म कोरटेक्स-A55कोरहरु सहित उपलब्ध छ । यस डिभाइसको प्रोसेसर आर्म माली-G52 GPU समावेश छ। रेड्मी १२, ६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबीको स्टोरेज गरी जम्मा २ भेरियन्टमा उपलब्ध छ । स्टोरेज भने १ टिबीसम्म थप गर्न मिल्नेछ ।
डिस्प्ले
यस डिभाइसमा २४६०x१०८०को रिजोलुसन र ३९६ ppi सहितको ६.७९" FHD + डिस्प्ले समावेश छ। यस डिभाइसमा १५००:१ कोकन्ट्रास रेसियो, ७०% NTSC कलर ग्यामट तथा ५५० nits(HBM) सम्मको अधिकतम ब्राइटनेस सहित उपलब्ध हुनेछ । यस डिभाइसले ३६, ४८,६०र ९० Hz रिफ्रेस रेटको अप्सन सहित अडाप्टिभ सिंकसपोर्ट गर्छ । साथै रिडिंग मोड ३.० र SGS लो ब्लु लाईट पनि यस मोबाइलले प्रदान गर्छ ।
क्यामेरा
फोटोग्राफीको लागि रेड्मी १२ मा ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ जसमा ५० मेगापिक्सेलको मेन क्यामेरा, १२०* फिल्ड अफभ्यू भएको ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र २ मेगापिक्सेल म्याक्रो क्यामेरा समावेश छ। पछाडि भएको क्यामेराले ३० fpsमा १०८० पि (१९२०x१०८०) र ३० fpsमा ७२० पि (१२८०x७२०) भिडियो रेकर्डिङ समर्थन गर्दछ। अगाडि भने १०८० पि (१९२०ह१०८०) र ७२० पि (१२८०ह७२०) भिडियो रेकर्डिङको लागि समर्थन सहितको ८ मेगापिक्सेल क्यामेरा राखिएको छ ।
ब्याट्री र चार्जिङ
फोनमा ५००० एम ए याच ब्याट्री जडान गरिएको छ जसले १८ वाट फास्ट चार्जिङ समर्थन गर्दछ। तपाईले बक्स भित्र २२.५ वाट को फास्ट चार्जर पाउनुहुनेछ । यसमा चार्जिङ र डाटा ट्रान्सफरका लागि युयसबी–सीपोर्ट रहेको छ। सुरक्षाका अप्सनहरूमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक समावेश छ।
नेटवर्क र कनेक्टिभिटी
रेड्मी १२ ले NFC समर्थन गर्दछ, यद्यपि NFCको उपलब्धता बजारहरू पिच्छे फरक हुन सक्छ। यसमा डुअल सिमको फिचर रहेको छ र हाइब्रिड स्लट प्रदान गरिएको छ जसले १ टीबीसम्म एक्स्पाण्डेबल स्टोरेजको लागि माइक्रो एसडी कार्ड सपोर्ट गर्दछ। यस फोनले GSM, WCDMA/ LTEको लागि विभिन्न नेटवर्क ब्यान्डहरू समर्थन गर्नुका साथै यसमा दुवै वाइफाइ कनेक्टिभिटी २.४जी हर्ज र ५जी हर्ज फ्रिक्वेन्सी, ब्लुटुथ ५.३ र हेडफोन ज्याक संगै एफएम रेडियो पनि समावेश छ।