Mar 31, 2025

तीनकुने क्षेत्रको एक घरमा आगलागी


काठमाडौँ। राजावादीको आन्दोलनका क्रममा राजधानीको तीनकुने क्षेत्र अशान्त बनेको छ।

राजावादीको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ। राजावादीको मुख्य कार्यक्रम बिथोलिएको हो।

दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ। कार्यक्रम हुँदै गर्दा दुई पक्षीय झडप भएसँगै नेताहरूले सम्बोधन गर्ने मुख्य कार्यक्रम बिथोलिएको हो।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो भने लगत्तै झडपको स्थिति बनेको थियो।

सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरे भने प्रहरीले पनि पानीको फोहोरा, लाठीचार्ज र अश्रुग्यास प्रहार गरे ।

 

यसैबिच तीनकुने क्षेत्रको एक घरमा आगलागी भएको छ । प्रदर्शनकारीले प्रदर्शन र ढुंगामुढा गरिरहेकै बेला आगलागी भएको हो ।

आगलागी आफैँ भएको हो या आन्दोलनकारी गरेको आगलागी गरेको हो भन्नेबारे स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ ।

अहिले आगलागी नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगेको छ।