सानिमा बैंकद्वारा खातावालाको हकवाललाई रु. १० लाखको दुर्घटना बीमा रकम प्रदान


ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंकले सानिमा दिर्घायु तलब वचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम आज भुक्तानी गरेको छ । 
यस बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्री क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको आज आयोजित कार्यक्रममा हस्तान्तरण गरेको छ । 
    
सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक श्रीमती रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका ेसंयोजनमा बीमा रकमको चेक हस्तान्तरण गर्नुभयो।

स्वर्गीय भुमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दिर्घायु तलब वचत खाता खोल्नुभएको थियो । 

सानिमा बैंकले दिर्घायु बचत तलब खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाख सम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. ५०हजारको आवधिक जीवनबीमा र रु.५हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदानगर्दै आईरहेको छ ।