
काठमाडौं । हिमाल सागर र वेनिशा पौडेलको आवाजमा ‘ राधा कृष्ण ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस्तै, उक्त गीतमा सन्तोष दाहालको शब्द रहेको छ, भने विशाल निरौलाको संगीत / एरेन्ज तथा मिक्सिङ रहेको छ ।
उक्त गीतको भिडियोमा पबित्रा शांकी ( मिस पबि ) र रेशम गुरुङको अभिनय देख्न सकिन्छ । सबिन कुमार तोलाङ्गीको निर्देशनमा तयार पारिएको छ ।
त्यस्तै, उक्त म्युजिक भिडियोमा राजन रेग्मीले छायांकन गरेका छन् , भने म्युजिक भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन् ।
यसैगरी, उक्त गीतमा शोभा श्रेष्ठ र माधव गहजराज निर्माताको रुपमा छन् , भने मिडिया संयोजकमा पत्रकार निराज रानाभाट रहेका छन्।
उक्त गीतको रेकर्डिस्टमा राजन राई रहेका छन् , भने सन्तोशी आचार्य श्रीङ्गारमा रहेकी छिन् ।
त्यसैगरी, उक्त म्युजिक भिडियोको मिडिया पार्टनरमा जन अपडेट डटकम, साझा अनाइन टिभी, नारायणी प्रेस, भिजन न्युज नेपाललगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन् ।
उक्त गीतको म्युजिक भिडियो साझा अनाइन टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ .