ईकोनोमिक खबर, काठमाण्डौं। काठमाडौँको मल्ल होटलमा जुलाई १० देखि १४ सम्म अन्तर्राष्ट्रियस्तरको संयुक्त राष्ट्र संघ नमुना सभा भईरहेको छ ।
सन् २०१४ मा, वैचारिक युवा समाजले नेपालमा पहिलो विश्वविद्यालय स्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्र संघ-EIMUN बाट आफ्नो यात्रा सुरु गरेको थियो। यस वर्षको सबैभन्दा प्रतिक्षित र भव्य नमुना संयुक्त राष्ट्र संघ, EIMUNको ८ औ संस्करण पाँच दिन लामो सम्मेलन संचालन हुनेछ। यो सम्मेलन यहि वर्ष २०२३ को १० देखि १४ जुलाईसम्म काठमाडौं, नेपालमा आयोजना भइरहेको छ। सम्मेलनमा दक्षिण र मध्य एसिया र यूरोपका १३ देशहरुबाट प्रतिनिधिहरु साथै अन्तर्राष्ट्रिय प्रेस र आयोजक समिति सहित २०० जना सहभागी छन्। ।
वैचारिक युवा समाजद्वारा आयोजित एभरेष्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स (EIMUN २०२३) संयुक्त राष्ट्र संघको एउटा नमुना महासभा हो जसले विश्वका विभिन्न भागका विद्यार्थी र युवा वर्गलाई संयुक्त राष्ट्र संघको कार्यप्रणालीसँग परिचित हुन र प्रमुख विश्वव्यापी मुद्दाहरू र घटनाहरूबारे छलफल गर्न अवसर प्रदान गर्दछ।
यो महासभा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक फोरम हो जसको मूल उधेश्य सहभागीहरूमा अनुसन्धान, नेतृत्व, कूटनीतिक बहस, लेखन र विशेष गरी बौद्धिक विश्लेषण जस्ता सीपहरू वृद्धि गर्नेमा केन्द्रित छ। त्यसैगरी युवाहरूको जीवनमा अर्थपूर्ण प्रभाव सिर्जना गर्ने, र बौद्धिक रूपमा सचेत विश्वव्यापी नागरिक बन्न उनीहरूलाई सहयोग गर्ने दीर्घकालीन दृष्टिकोणका साथ EIMUN अघि बढ्दै आएको छ।
विभिन्न नमुना संयुक्त राष्ट्र संघ अभिमुखीकरण, तालिम र कार्यशालाहरूको सफल समापनसँगै नेपालका सात प्रदेशहरूमा प्रदेश स्तरीय नमुना संयुक्त राष्ट्र संघ सम्मेलनहरूको शृङ्खला आयोजना गरेसहित, EIMUN-२०२३ ले विश्वभरका युवाहरूको सुद्रिद नेटवर्कहरू सिर्जना गर्ने लक्ष्य राखेको छ। यस सन्दर्भमा वैचारिक युवा समाजले प्रदेश स्तरीय नमुना संयुक्त राष्ट्र संघ सम्मेलनमार्फत यस वर्ष ५०० जना यूवावर्गलाई प्रत्यक्ष रुपमा र १५०० जना युवावर्गलाइ अप्रतक्ष्य रूपमा सशक्त बनाउन सफल भएको छ।
यस कार्यक्रमको थप जानकारी तपाइले वैचारिक युवा समाजको सामाजिक संजाल र EIMUN को वेबसाइट www.eimun.global मार्फत पाउन सक्नूहुनेछ।