
१० चैत । महोत्तरी जिल्लाको औरही नगरपालिका भौतिक पूर्वाधार विकासमा तीव्र गतिमा अघि बढिरहेको छ। यसैक्रममा नगरपालिकाले एकै दिन आठ विकास आयोजनाको उद्घाटन गरेको छ। उद्घाटन समारोहका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी रहेका थिए ।
नगरपालिकाले सडक, पुल, स्वास्थ्य, शिक्षा तथा अन्य भौतिक पूर्वाधारको विकासमा जोड दिँदै विभिन्न योजनाहरू सञ्चालनमा ल्याएको छ।
उद्घाटन समारोहमा मन्त्री भण्डारीले औरही नगरपालिकाले समग्र नगर विकासलाई तीव्रता दिएको भन्दै प्रशंसा गरे। उनले यी आयोजनाले स्थानीय बासिन्दाको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरे। अब केन्द्र सरकारले शिक्षालाई सिप संग जोडन औरही नगरपालिका संग सहकार्य गदै अगाडी बढने बताए।
उद्घाटन समारोहमा नगर प्रमुख प्रदिप कुमार खड्काले आगामी कार्यभार औरहीको कृषी र उद्यमशीलताको विकास रहेको बताउनुभयो।
औरही नगरपालिकामा पूर्वाधार विकासको क्षेत्रमा धेरै काम भएको भन्दै उहाँले अबको योजना नगरबासीलाई उद्यमी बनाउने रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “स्वदेशमा नै रोजगारी सृजना गर्न नगरले घरेलु उद्योगको प्रवद्र्धन गर्दै आएको छ। अबका दिनमा उद्यमशीलतालाई थप प्रोत्साहन गर्दै जाने नगर प्रमुख खडकाले बताए।
समय–समयमा विभिन्न किसिमका तालिम प्रदान गर्दै आइरहेको बताउँदै उहाँले समग्र नगरबासीको आर्थिक विकासमा स्वास्थ्य क्षेत्रमा अस्पतालले, कृषी क्षेत्रमा अव झन फडको मार्ने बताए। नगरको हरेक किसानको खेतमा सिचाईको लागि बोडिङ्ग र मोटर जडान गरी कृषी मैत्री नगर बनाउने बताए।
नगरपालिकाले स्वास्थ्य, शिक्षा तथा कृषी लगायत अन्य भौतिक पूर्वाधारको विकासमा जोड दिँदै विगत केही वर्ष देखि उद्घाटन हुन नसकेका योजनाहरुलाई पुरा गर्ने नगरले एक दिन श्री मा।वि। ०–१० बैरिया, औरही ६, श्री सोनामाई आधारबुत विधालय ९०–५० भोइल, श्री जनता आधारभुत बिधालय ९०–८० सोनामाई अगलेश्वरा, श्री सरस्वती आधारभुत विद्यालय ९०–५० सेह्रो, श्री औरही नगरपालिका २ को चेपकटको रामजानकी धर्मशाला, वडा नं। ७ को नयाँ वडा कार्यालय भवन २। बड़ा नं। ९ को नयाँ वडा कार्यालय भवन,श्री जान्हवी आधारभुत निधालय ९०–५० चेपकट औरही न।पा।२ वडा कार्यालय भवन, विद्यालय तथा सामुदायिक भवन लगायत जम्मा ८ वटा गरी विभिन्न योजनाहरूको उद्घाटन भएको औरही नगरपालकाको प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले बताए।
नगर प्रमुखसहित विभिन्न जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा नगरपालिकाले आगामी दिनहरूमा थप ठूला विकास परियोजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।