ग्लोबल आइएमई बैंकले पायो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’


ईकोनोमिक खबर, काठमाण्डौं। ग्लोबल आइएमई बैंक, ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड– २०२३’ बाट सम्मानित भएको छ।
 फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम् सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफर्मेसन) गरेकोमा बैंकलाई ट्रान्सफर्मेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वोत्कृष्ट घोषित गरिएको हो ।

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार रहेको बैंकले जनाएको छ । 
नवीनतम् ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैंकहरूलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजीमा सिर्जनशीलताजस्ता बुँदाहरूलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको उल्लेख छ । 

ग्लोबल आइएमई बैंक डिजिटल टान्सफर्मेसन, टेक्नोलोजीमा नवीनता एवं उत्कृष्टता र यसको सही सदुपयोग गर्दै उत्तरदायी तथा सुरक्षित बैंकिङ मार्फत सेवा प्रवाह गर्ने उत्कृष्ट बैंक भएकाले यो अवार्ड प्राप्त गर्न सफल रहेको बैंकको दाबी छ । 

बैंकले हाल देशका ७७ वटै जिल्लामा तीन सय ५७ शाखा, तीन सय ५७ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ ।