ईकोनोकि खबर, काठमाण्डौं। दैनिक पाँच हजार भन्दा बढी मोडेल र डिजाइनका जुत्ता–चप्पलको बिक्रि बितरण भईरहेको छ ।
ललितपुरको जावलाखेलमा एक सातादेखि जारी जुत्ता मेलामा अवलोकनकर्ता एवं उपभोक्ताको ब्यापक उपस्थिति रहेको छ ।
जावलाखेल फुटबल ग्राउन्डमा यहि १६ जेठदेखि शरु भएको ‘प्रथम ललितपुर जुत्ता–चप्पल व्यापार मेला–२०८०’ मा सहभागी हुनेको संख्या बढ्दै गएको आयोजकले जनाएको छ ।
मेलामा दैनिक औसतमा पाँच हजार थान जुत्ता तथा चप्पलहरु विक्रि भएको यस मेलाका संयोजक दिवाकर गीरीले जानकारी दिए ।
‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित जुत्ता–चप्पल मेलामा विभिन्न ९ प्रकारका जुत्ताका नेपाली ब्रान्डहरुको सहभागिता रहेको छ ।
यस मेलामा रहेका जुत्ताका ब्राण्डहरु ः
- बिएफ डियर हिल,
- गोल्डस्टार,
- रोयल सुज,
- फस्र्ट वाक सुज,
- बिएफ स्पोर्टस्,
- क्रस रोड सुज,
- हाई लाइफ,
- केटिएम,
- डिजे सुज र
- सिल्स ब्रान्डका लेडिज तथा जेन्स जुत्ता–चप्पल प्रर्दशनीमा राखिएका छन् ।
मेलामा यी ब्रान्डका ५ हजारभन्दा बढी मोडेल र डिजाइनका जुत्ता चप्पल अवलोकन एवं खरिद गर्न सकिनेछ । मेला प्रवेशका लागि कुनै शुल्क तोकिएको छैन ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले मेलाको उद्घाटन गरेका हुन् । मेयर महर्जनले वर्षमा तीनपटक नेपाली जुत्ता–चप्पलको मेला आयोजना गर्न भन्दै प्रोत्साहन गरेको बताए ।
चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान दिने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने एवं उपभोक्तालाई सहुलियत मूल्यमा जुत्ता चप्पल उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको फुटवेयर म्यानुफ्याक्चरर एसोसिएसनका अध्यक्ष एवं फस्र्ट वाकका प्रबन्ध निर्देशक नानीराज घिमिरेले बताए । ‘
स्वदेशी जुत्ताको बजार प्रवद्र्धन गर्नका लागि ग्रे मार्केटबाट हुने आयात र न्यून बीजकीकरण रोक्नुपर्छ,’ उनले भने, ‘जुत्ता उत्पादनमा आवश्यक कच्चा पदार्थको भन्सार दर पनि घटाउनुपर्ने हुन्छ । हामी जुत्तामा आत्मनिर्भरभन्दा माथि निर्यात गर्न सक्ने अवस्थामा छौँ ।’
मेलामा दुई वर्षदेखि सबै उमेर समूहलाई मिल्ने जुत्ता, चप्पल र स्यान्डल छन् । फर्मल, स्पोर्टस्, क्याजुअल, स्कुल–कलेजदेखि पार्टी सुजसम्म मेलामा राखिएको छ । मेलामा १५ देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ । करिब एक महिना चल्ने मेलामा ३ लाखलाई मेलाको अवलोकन गराउने र ५ करोड बराबरको कारोबार गराउने लक्ष्य राखिएको छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेला बिहान ९ देखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।
यो मेला स्वदेशी उत्पादनप्रति आमउपभोक्ताको आकर्षण बढाउन पनि आयोजना गरिएको हो । मेलाले बजारमा उद्यमी व्यवसायीको मनोबल बढाउन तथा स्वदेशी वस्तुको प्रवद्र्धन गर्न योगदानसमेत गर्नेछ ।