ईकोनोमिक खबर, काठमाडौं ।
इकोनोमिक मिडियो सोसाइटी नेपाल (इम्शन)ले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री महतले रिसाएका व्यावसायीहरुले हिलो छ्याप्ने काम गरेको बताएका हुन् ।
म चुनौति दिएर भन्छु टुडिखेलमै गएर भन्न सक्छु निश्चित समुहले फाइदा लिएका थिए । अहिले लिन नपाएको हुन सक्छ । मन्त्री महतले भने, म चुनौति दिएर भन्न चाहान्छु । इमान्दार इमान्दारी भएर काम गरेको छु । यति काम गर्दा पनि हिलो झ्याप्ने काम गरिन्छ भने इमान्दार मान्छेको काम छैन ।
सोही कार्यक्रममा आफूमाथी लागेको आरोपको पुष्टि गर्न मन्त्री महतले चुनौति दिए । मन्त्री महतले भने, ‘म सबैसामू चुनौति दिन चाहान्छु आरोपको पुष्टी गर्न सबै राजस्वकै कर्मचारीहरु बसेर हस्ताक्षर गरी राजस्वको दर टुङग्याइएको छ, कसैको प्रभाव छैन ।’
संसदीय क्षेत्र विकास कार्यक्रम हो । यसलाई कोष भन्नु नमिल्ने मन्त्री महतको भनाई छ । यसमा सम्बन्धित सासंदको सुझाव मात्रै हुन्छ । सासंदले सिफारिस मात्रै गर्ने हो । यो पुँजिगत खर्च हो । सासंदहरुले आफू खुशि गर्ने होइनन् । उनीहरुको रोल कार्यक्रम छनोट मात्रै हो । यसलाई विवादित बनाउनु पर्ने कुनै कारण नरहेको मन्त्री मतहले बताए ।
मन्त्री महतले भने ‘बजेटको कार्यान्वयन पक्षमा सबैले प्रश्न गरेका छन् । यो प्रश्न मैले पनि गर्ने गरेको छु । बजेटको आलोचना हुन सक्छ । तर हामी सुधारको कार्यक्रम लागू गर्छौं ।’ मन्त्री महतले थपे, ‘हाम्रो इच्छा त आन्तरिक ऋण कम लिगौं भन्ने हुन्छ। हामी जुन डेडिकेसनमा काम गरिरहेका छौं । बजेटले लिएको लक्ष्य पुरा गर्न सकिन्छ ।’
राजस्वको टिप्पणी गर्दा सुरुमा बजेट राम्रो हुने र करको दर हेर्दा अप्ठ्यारोमा परेका छन् भन्ने विषय छ । निजी क्षेत्रको स्वदेशी उद्योग जोगाउन भनि माग गरेका छन् । हामीले कम्तिमा तयारी वस्तु र कच्चा पदार्थमा एक तहको सुविधा दिइएको छ ।
जुन लक्ष्यको साथ भ्याट लगाइएको छ । यसलाई वैज्ञानिक बनाउँदै जानु पर्ने अवस्था छ । हवाई यातायात चढ्नीलाई भ्याट लाग्यो । विदेशमा ठूला कम्पनीले पनि धेरै कर लगाएका छन् । भ्याटलाई वैज्ञानिक बनाउन प्रयास गरिएको मन्त्री महतले बताए ।
‘
आयातमा रमाइरहेका व्यापारीहरु बढि रिसाएका मन्त्री मतहले बताए । ‘विद्युतिय गाडीमा सामान्य हेरफेर गरिएको छ । लजिकल प्रोग्रेसन गरिएको छ । धेरै कुरा आएका थिए । नत मैले इभी वालाको सुने नत पेट्रोलियमको पनि कुरा आएका थिए । मैले चाहिने कुरा मात्रै सुने ।’
‘बैंकको करको विषयमा महालेखाले बेरुजू लेख्यो । यसको गलत बुझाई छ। यो उठाउनु पर्ने किन नउठाएको भनि कानुनी प्रश्न गरेको छ । यसमा गर्नुपर्ने विषयमा पनि छन् । मैले केही नगर्या भएपनि उठाउनु पर्छ । कानुनको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको हो ।’