
काठमाडौं – सिन्धु विकास बैंक लिमिटेड कम्पनीले वार्षिक साधारण सभा स्थगित गरेको छ।
फागुन २८ गते बस्ने भनिएकाे कम्पनीकाे १४औँ तथा १५ औँ वार्षिक साधारण सभा स्थगित भएको हो।
कम्पनी ऐन २०६३ अनुसार शेयर धनी आफै उपस्थित भई प्रतिनिधि मार्फत् आवश्यक गणपूरक संख्या नपुगेकाले सो सभा स्थगित भएको हो।
साथै, स्थगित भएको सभा फागुन २८ गते बसेको सञ्चालक समितिको ४५३ औँ बैठक निर्णय अनुसार पुनः बोलाइने बैंकले जनाएको छ ।