
सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा आज फागुन २६ गते देखि काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुभारम्भ भएको छ । सो सम्मेलन भोली २७ गते सम्म चालु रहनेछ ।
सम्मेलनका प्रमुख अतिथि तथा सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा सो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारीमा हस्ताक्षर समेत सम्पन्न भएको छ । सो समझदारी पत्रमा नाडाका तर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गर्नु भएको छ ।
श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सो सम्मेलन आज देखि प्रारभ्म भएको हो । नाडा, सो सम्मेलनको वित्तिय सहयोगि भई सो सम्मेलनको आयोजक मध्येको एक संस्था भएको छ । नाडा आफनो इतिहासमा पहिलो पटक यस्तो सम्मेलनमा सहभागी भएको हो।
यसले रोजगारी र श्रमिकहरुको अभिबृद्धिका लागि सरकार र नेपालको नीजिक्षेत्र समन्वयात्मक रुपमा अघि बढने अपेक्षा गरिएको छ। यसलाई नाडाले सरकारको हरेक कदममा नीजि क्षेत्रलाई समेत सहभागी गराई अघि बढने संकल्पको रुपमालिएको छ।
उक्त सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोवाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरु समेत दिनु भएको छ। आफनो प्रस्तुतीको क्रममा अध्यक्ष चौधरीले नेपालमा रोजगरीको स्थिति, विदेशमा बढदो बसाइ सराइले पारेका प्रभावहरु, नेपाली विद्यार्थीहरुले अन्यमुलुकहरुमा जानका लागि गरिरहेको प्रयास र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरु, नेपालको अटोमोवाइल क्षेत्रले राजश्व मार्फत् देशको अर्थतन्त्रमा दिएको योगदान,अटोमोवाइल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरु,नीतिगत सिफारिस र तत्कालै गर्नु पर्ने पहलहरुका विषयमा तथ्याङ्कगत प्रस्तुती दिनु भएको थियो।
उक्त सम्मेलनमा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रिय कार्यसमिति आमन्त्रीत सदस्य नारायण प्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो।