
काठमाडौँ। उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नारासहित फागुन २६ र २७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागेको हो ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्ने कार्यक्रम रहेको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा विभिन्न विषयमा प्यानल डिसकसन समेत हुनेछ ।
आज आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धन दशकको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागिएको बताए।
तीन तहका सरकार तथा निजी क्षेत्रको संलग्नता, औपचारिक तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा र बीमाको विस्तार र वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप तथा पुँजीको उत्पादनशील क्षेत्रलाई सहयोग पुग्ने उनले बताए। आप्रवासन सुशासनका आयाम, अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आन्तरिक रोजगारी प्रवर्द्धन हुने उनको भनाइ छ।