ईकोनोमिक खबर, काठमाडौं। ठुला करदाता कार्यलयले मोवाइल सेवा प्रदायक कम्पनि एनसेल प्रालि बाट ८० प्रतिशत स्वामित्व बिक्री गर्दा लिने कर निर्धारण गरेको छ। सर्बोच्च अदालतको पूर्ण पाठ आएलगत्तै सरकारले एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको छ। अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो।
ठुला करदाता कार्यालयले मंगलबार एनसेलबाट ३९ अर्ब ६ करोड ६ लाख रुपैयाँ लाभकर लिने निर्धारण गरेको हो। एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री गर्दा ६२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ लाभकर निर्धारण गरेकोमा उसले अग्रिम कर र बिलम्ब शुल्क गरी २३ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ भुत्तानी गरेको ठुला करदाता कार्यालयले जनाएको छ।
एनसेलले २५ प्रतिशत आयकर बापत ३५ अर्ब ९१ करोड ३४ लाख, ऐन बमोजिमको शुल्क १८ अर्ब ३३ करोड र ब्याज ८ अर्ब ३९ करोड रुपैयाँ निर्धारण गरेको छ ।
एनसेलले अग्रिम रुपमा २१ अर्ब ५४ करोड ८० लाख र बिलम्व वापत २ अर्ब २ करोड ६२ लाख रुपैयाँ भुत्तानी गरिसकेको ठुला करदाता कार्यलयले जनाएको छ ।
सर्वोच्च अदालतले गत माघ २४ गते लाभकर एनसेल र मलेशियाको आजियटा वनहार्डले तिर्नुपर्ने परमादेश जारी गरेपछि ठुला करदाता कार्यलयले कर निर्धारण गरेको हो । सर्वौच्चले लाभकर भुत्तानी नभएसम्म एनसेललाई लाभांश वितरण र स्वामित्व किनबेचमा रोक लगाउने सरकारका नाममा परामदेश जारी गरेको थियो ।
एनसेलको ८० प्रतिशत स्वामित्वकर्ता रेनोल्ड होल्डिङस र टेलिसोनेरिया स्वीडेनले आजियटा वनहार्ड मलेशियालाई १ खर्ब ४३ अर्ब ३७ करोड ३५ लाख रुपैयाँमा बिक्री गर्दा टेलिसोनेरियाको नाममा ६० अर्ब ७१ करोड २४ लाख रुपैयाँ लाभकर निर्धारण गरेको थियो ।
सर्बोच्च अदालतको पूर्ण पाठ आएलगत्तै सरकारले एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको छ। अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो।
एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ। अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनु पर्ने हुन्छ।
टेलिया सोनेराले एक्जियटालाई एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेको थियो। त्यसको कर तिर्नै नपर्ने भन्दै एनसेलले दावी गरिरहेको थियो। त्यसपछि मुद्दा अदालतमा प्रवेश गरेको थियो। सर्वोच्च अदालतका प्रधानन्यायधिश सहित पाँच जना न्यायधिशको पूर्ण इजलासले एनसेल टेलिया सोनेरा र एक्जियटाले लाभकर तिर्नुपर्ने फैसला गरेको थियो।
त्यही फैसलाका आधामार ठूला करदाता कार्यालयले कर निर्धारण गरेको हो। एनसेलले यसअघि २०७३ बैशाख २६ र २०७४ जेठ २ गते २१ अर्ब ५४ करवड ८० लाख ५५ हजार ९ सय रुपैयाँ कर र २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८५१ रुपैयाँ बिलम्ब शुल्क बुझाएको थियो।
कर कार्यालयले मंगलबार विगतमा तिरिसकेको करलाई मिलान गरी नयाँ कर निर्धारण गरेको हो। कर निर्धारणको पत्र एनसेल प्रालिले बुझिसकेको ठूला करदाता कार्यालयको दावी छ।