May 10, 2025

प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नविकरणमा छुट दिने


काठमा‌ण्डाैं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत सम्म छुट दिने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै फागुन २२ गते देखि २९ गतेसम्मको अवधिमा व्यतित बीमालेख नबिकरणमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो।

कम्पनीका अनुसार २ वर्ष भित्रको व्यतित बीमालेखहरुमा ७५ प्रतिशत, २ वर्षदेखि ३ वर्ष अवधिसम्मका व्यतित बीमालेखहरुमा ५० प्रतिशत र ३ वर्ष भन्दा बढी अवधिदेखि व्यतित बीमालेखहरुमा २५ प्रतिशतसम्म छुट दिने भएको छ।