
ईकोनोमिक खबर, काठमाण्डौं। आगामी जेठ २० गते डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर साईकल र्यालीको आयोजना गर्ने भएको छ।
‘इन्धन जोगाऔँ, पृथ्वी बचाऔं’ भन्ने मूल नाराका साथ आह्वान गरिएको साईकल र्यालीमा बैंकका कर्मचारी, ग्राहकवर्ग, शेयरधनी एवं यस बैंक प्रति सदभाव राख्ने सम्पूर्ण शुभेच्छुकको उत्साहजनक सहभागिता रहने बैंकले जनाएको छ।
साईकल र्याली यही जेष्ठ २० गते शनिवार बिहान ७ः०० बजे बैंकको केन्द्रीय कार्यालय बालुवाटार स्थितको प्राङ्गणबाट शरु भई लगभग १० कि.मी.को यात्रा पश्चात् सानो गौचरणमा सम्पन्न गरिने आयोजकले जनाएको छ।
यस साईकल र्यालीबाट बैंकले वातावरण प्रवद्र्र्नप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात् गर्दै इन्धनको मितव्ययी एवं साईकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पुर्याउनका लागि समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ।
बैंकले गतवर्ष पनि वातावरण दिवसका दिन पनि यसैगरी उत्तरदायित्वलाई आत्मसात् गर्दै पहिलो बृहत् साईकल र्याली सफलता पूर्वक सम्पन्न गरेको थियो।
यस र्यालीमा सहभागी स्वयंले साईकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ।
र्यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरूप बिरुवा प्रदान गरिनेछ।