नेपालको कृषि-खाद्य क्षेत्रलाई बलियो बनाउन, प्रभावकारी लगानीहरू गर्न प्रतिबद्ध


FAO Nepal, APRACA र Nepal Rastra Bank सँगको सहकार्यमा, ग्रामीण र कृषि वित्तमा लगानी सम्बन्धि  गोलमेज कार्यकम सफलतापूर्वक सम्पन्न भयो । Hand In Hand Initiative को एक भागको रूपमा कार्यकमलाई लिन सकिन्छ ।

आयोजित छलफल कार्यक्रमले चुनौतिहरू सम्बोधन गर्न, अवसरहरू खोज्न र नेपालको कृषि-खाद्य प्रणाली रूपान्तरणका लागि लगानी गर्नको लागि नवीन वित्तीय साधनहरूलाई पत्ता लगाउन सहयोग गरेको छ ।

कृषि विकासका साझेदारी संग छलफल र लक्षित नीति नियम सुधारहरूको आवश्यकतालाई प्राथमिकता गर्न प्रमुख सराेकारवालाहरूलाई एकसाथ गोलमेच छलफलमा सुधारका बिषयमा वक्ताहरुले धारणा राखेका  छन।

उक्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी (NRB), केन सिमिजु (एफएओआर भुटान र नेपाल), सबनम शिवाकोटी (एमओएएलडी), चन्द्र ढकाल (अध्यक्ष एफएनसीसीआई) र अजिज आर्य (एफएओ आरएपी)  प्रमुख वक्ताहरुले धारणा राखेका हुन।

बिभिन्न क्षेत्रका प्रतिनिधिहरूले समावेशी, दिगो, र जलवायु-उत्थानशील खाद्य प्रणालीलाई समर्थन गर्ने, कृषिमा लगानी सुनिश्चित गर्दै कृषक, कृषि व्यवसाय र ग्रामीण उद्यमहरूको लागि वित्तीय पहुँच सुधार गर्न तर्फमा जोड दिए।

सरकारी निकायहरू, वित्तीय संस्थाहरू, निजी क्षेत्रका सरोकारवालाहरू र FAO Nepal लगायतका विकास साझेदारहरूसँग मिलेर ग्रामीण जीवनस्तरमा बृद्वि गर्ने र नेपालको कृषि-खाद्य क्षेत्रलाई बलियो बनाउन प्रभावकारी लगानीहरू सञ्चालन गर्न प्रतिबद्व जनाएका छन।

कृषिको विकासको लागि सबै पक्ष सकरात्मक रहेकोमा अबको योजनाको लागि अगाडि बढ्न सजिलो हुनेछ।

# FAO Nepal , #APRACA , #Nepal Rastra Bank, # MOALD.