द नेशनल बैंकिङ्ग डिस्कोर्स कार्यक्रम सोल्टी होटल काठमाडौंमा


ईकोनोमिक खबर, काठमाडौं। 
बैंकिङ्ग समाचारले आयोजना गर्ने ‘द नेशनल बैंकिङ्ग डिस्कोर्स’ को अन्तरक्रिया कार्यक्रम काठमाडौंको होटल सोल्टीमा मा आज हुदैछ । प्रधानमन्त्री मुख्य अतिथि रहेको यस कार्यक्रममा अर्थमन्त्री प्रकाश शरण महत तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको पनि उपस्थित रहने आयोजकले जनाएको छ ।

 उक्त डिस्कोर्स कार्यक्रमा गरिने मुख्य ४ वटा सत्रहरुमा गरिने बहसको विषयहरुः दिगो बैंकिङ्गको अवधारणाले मुलुकको भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नेछ। वित्तीय साक्षरता, आगामी बजेटको भुमिका, डिजिटल इकोसिस्टम र वित्तीयल साक्षरता जस्ता महत्वपुर्ण विषयहरु उठान गर्न खोजेको छ । यो आफैमा महत्वपूर्ण र नयाँ मार्गदिशा तय गर्ने खालको छ । 

अन्तरक्रियामा मोडेरेटरको भुमिकामा रहेने कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिल भुषण पाठक, आइएमई ग्रुपका बरिष्ठ उपाध्यक्ष सुमन पोखरेल, श्री पाण्डे लगायतको सहजीकरण रहनेछ।