
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज तिन ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ।
आज शिवम सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो।
कुन कम्पनिकाे कति बोनस शेयर सूचीकृत भयो आज?
- फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशतले हुन आउने ११ लाख १० हजार ४ सय ४४ दशमलव २१ कित्ता बोनस शेयर सुचिकृत भएको छ।
- शिवम सिमेन्टको ८.५५ प्रतिशतले हुन आउने ४२ लाख ९८ हजार ८५ कित्ता बोनस शेयर सुचिकृत भएको छ।
- कृषि विकास बैंकको ३ प्रतिशतले हुन आउने ४० लाख ३५ हजार ५ सय २ दशमलव २२३४ कित्ता बोनस शेयर सुचिकृत भएको छ।
बोनस सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।