पोल्ट्री व्यवसायी शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न पोल्ट्री व्यवसायीको संघ, संस्थाको आग्रह


ईकोनोमिक खबर, काठमाण्डौं। 

चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न चितवन पोल्ट्री व्यवसायीको संघ, संस्थाले आग्रह गरेको छ । आत्महत्या दुरुत्साहनमा संलग्नविरुद्ध किटानी जाहेरी दिइसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेको व्यवसायीको गुनासो छ । मंगलबार साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको साथबाट प्रहरीले आठ पेज लामो सुसाइड नोट फेला पारेको थियो ।

एक जना आरोपित जिल्ला भित्रै हुँदा पनि प्रहरीले पक्राउ नगरेको भन्दै आज जिल्ला प्रहरी कार्यालय घेराउ गर्दैछ ।

बिहान साढे ११ बजे प्रहरी कार्यालय घेराउ गर्ने कार्यक्रम राखिएको  जानकारी दिए । 

कँडेल नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य पनि थिए ।