सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी


ईकोनोमिक खबर काठमाण्डौं। सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला उदयकुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारी ज्यूलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ । 

सानिमा बैंकका मधेश प्रदेश प्रमुख श्री दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गर्नुभयो।

स्वर्गीय उदयकुमार साहले सानिमा बैंकको पटेर्वा सुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोल्नुभएको थियो । 

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाख सम्मको ६ जटिल रोगको उपचार बीमा, रु. १० हजार सम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजार सम्मको औषधी उपचार बीमा, रु. २५ हजारको आवधिक जीवनबीमा र रु.५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।