आपूर्ति मन्त्री रमेश रिजालसँग भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवको टोलीको भेट


ईकोनोमिक खबर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग नेपाल भ्रमणमा रहेको भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवको टोलीले भेट गरेको छ ।

पेट्रोलियम तथा ग्याँस सम्बन्धि नेपाल–भारत संयुक्त कार्य समुहको सहसचिव स्तरीय चौथो बैठकमा भाग लिन काठमाडौँ आएको टोलीले आज बैठक पश्चात उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री रिजालसग भेटवार्ता गरेको हो ।

 

पेट्रोलियम तथा ग्याँस सम्बन्धि नेपाल–भारत संयुक्त कार्य समूहको बैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले नेतृत्व गरेका थिए । बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्याँसको क्षेत्रमा थप अध्ययन गर्ने लगायतका अन्य विविध विषयहरुमा छलफल भएको थियो ।