मेरो उपस्थितिले शिक्षा र खेलमा योगदान पुग्नेछ, ब्राण्ड एम्बासडर गुल्सन


काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्सन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन्।

क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा  क्षेत्र छनौटमा ध्यान पुर्याउन युवा विद्यार्थीहरुलाई आग्रह पनि गरेका छन्।

एभीन्यू एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्राण्ड एम्बास्डर भएपछि क्रिकेटर झाले यस्तो बताएका हुन्।
राजधानीमा एक कार्यक्रम गर्दै एभीन्यू एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालले क्रिकेटर झालाई ब्राण्ड एम्बास्डर घोषणा गरेका हुन।  उक्त कार्यक्रममा एभीन्यू एजुकेशन तथा ओएए स्टडी नेपालका संस्थापक सिईओ रबिन पाण्डेले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न एभीन्यूले महत्वपूर्ण काम गरेको बताए।
उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि एभीन्यूले देशका प्रमुख शहरहरुबाट सेवा दिइरहेको पनि बताए । विश्वनीय तरिकाले विद्यार्थीहरुलाई करिअर काउन्सिलिङको सेवा दिएकाले एभीन्यू एजुकेशनको भीसा दर पनि शतप्रतिशत रहेको  बताए।

सोही कार्यक्रममा प्रमुख अथिती शिक्षाविद प्राध्यापक डा. विद्यानाथ कोइरालाले विश्वबजारमा प्रतिस्पर्धाको लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए । नेपाल र बाँकी विश्वबजारलाई जोड्ने नेपालको सिकाइ पनि परिमार्जन गर्नुपर्ने शिक्षाविद कोइरालाको भनाई थियो।