ईकोनोमिक खबर, काठमाण्डौं।
काठमाडौंसंगै जोडिएको जिल्ला धादिङको धुनिवेशी नगरपालिकाको छत्रे देउरालीको बडा १, २ , र ३ मा सिंचाईको व्यवस्था छैन । अन्य बालीनाली लागाउन पनि आकाश कै भर पर्नुपर्ने अवस्था रहेको छ।
यसै पनि मानव विकास सूचाकांकमा कमजोर रहेको यस नगरपालिकामा २०७० को भूकम्पले झन धेरै क्षति गरायो । जिविकोपार्जनमा सिमित रहेको कृषि बाहेक अन्य आर्थिक आय आर्जन नभएको यस क्षेत्रका स्थानियको भनाई छ । आर्थिक अवस्था गतिलो नहुदा भूकम्प अघि विद्यालयमा विद्यार्थी टिकाउन सकिएको थिएन । घरको आर्थिक अवस्था राम्रो नहुदा शिक्ष्ााँमा पनि असर परेको थियो धरैले विद्यालय जान छोडेका थिए । गाउँमा आर्थिक आयआर्जनको स्रोत नहुनाले स्कुल जाने बालबच्चा समेत पढाउन समस्या भइरहेको बेला हेफरबाट संचालित कार्यक्रमले ठूलै राहत दियो। सिचाईको अभाव भएपनि बाख्रापालनबाट स्थानीयको रोजीरोटी चलेको छ । आय आर्जनमा बृद्धिले गर्दा भुकम्पले क्षति बनाएको संरचनाहरु विस्तारै निर्माणहुने क्रममा रहको छ । जनताका पुराना भत्केका घरहरु अहिले नयाँ प्रविधिका घर निर्माण भएका छन र बाख्राका गोठहरु पनि सुधार हुदै गएको छ।
उन्नत जातको घाँसको खेती, अहिलेको तालिमलाई अझ परिस्कृत, उन्नत जातको बाख्राको व्यवस्था गर्ने सकेको भए युवा पुनस्र्थापनाको गतिलो माध्यम बाख्रापालन हुनेछ । वैदेशिक रोजगारीबाट फर्किने युवालाई स्वदेशमैं पुनस्र्थापना गर्ने ढिला भईसक्यो वडाअध्यक्षले भन्नुभयो । स्वदेशमा उत्पादन हुने मासुका लागि अर्बो रुपैंयाँ खर्चिनु पर्ने अवस्था रहेकोमा बाख्रापालनमा युवामा लगानी गरेको भए केहिमात्रामा यस कार्यबाट युवा विदेशीन रोकिन सक्छ । यसले समग्र जनतालाई नै आर्थिकरुपमा ससक्त बनाउन सहयोग गर्नेमा वडा अध्यक्ष्को विश्वास रहेको छ।
सिमित स्रोत साधनका विच पनि किसानले गरेको मेहनत रहरलाग्दो छ स्थानिय पशु प्राविधिक नारायण जमरकट्टले भने, उन्नत जातको घाँसको खेती, ब्यवसायीक तालिमलाई अझ परिस्कृत , उन्नत जातको बाख्राको व्यवस्था गर्ने सक्ने हो भने गाउँका युवाहरु गाउँ राख्न र आर्थिक रुपमा गतिलो माध्यम बाख्रापालन हुनेछ । वैदेशिक रोजगारीबाट फर्किने युवालाई स्वदेशमैं पुनस्र्थापना गर्ने ढिला भईसक्यो जम्मरकटे्लले भन्नुभयो । स्वदेशमा आवश्यक पर्ने मासुको उत्पादन भन्दा खपत धरै हुने हुदा अहिले देशमा मासुका लागि अर्बो रुपैंयाँ खर्चिनु पर्ने अवस्था रहेकोमा बाख्रापालनमा युवामा लगानी गरेको भए केहि मात्रामा यस कार्यबाट युवा विदेशीन रोकिन सक्छ । नेपालमा आयात हुने मासु कम हुन्छ आर्थिक आयआर्जनमा बृद्धि हुनेले जिवनस्तरमा सुधार हुनेछ। गाउँको विकासका लागी पनि यस्ता खालका कार्यक्रम विस्तार गर्ने सके वैदेशिक रोजगारीबाट फर्केर आउँने युवाहरु यतै रहन सक्छन् आफनै देशमा आय आर्जन गरी परिवार सँग सँगै बस्ने बातावरण आउन सक्छ ।
छत्रेदउराली सामाजिक उद्यमी महिला सहकारी संस्थाकी सचिव रहेकी सरस्वति पाण्डेको अनुभव यस्तो छ। यस सहकारीका महिला सदस्यहरुले उत्पादन गरेका खसीबोका समेत सहकारीले नै बिक्रीवितरण समेत गर्ने गरेको छ । महिला समुहकी पाण्डेले भनिन बजारको समस्या छैन । औषत २० देखि २५ किलोका खसीबोका स्थानिय स्तरमैं खपत हुन्छ । एकै पटक धेरै उत्पादन हुँदा सहकारीले नै खपत गर्ने हुँदा बजारीकरणमा यस संस्थाको समस्या छैन । धेरै बाख्रा व्यापारी घर गाउँमा आउछन र बिक्रिवितरणको ब्यवस्था यस संस्थाले नै सहयोग गर्दछ उनले भने । आउँदा दिनमा सबै क्षेत्रमा बाख्रापालन बढाउदै र गाउँको जनताको आर्थीक शसक्तीकरण गर्ने योजना रहेको छ।
भूकम्प पछिको आर्थिक सामाजिक पुनस्र्थापना समस्याको रुपमा यस गाउँमा रहेको थियो । हेफरको सहयोगमा स्थानिय महिला समुह मार्फत बाख्रापालनपछि भने नगद आम्दानी शुरु भएपछि भने परिवारमा ठूलो राहत मिलेको छ । विपन्न समुहले आफना बालबालिकालाई राम्रो विद्यालय पठाउन थालेका छ्न । मध्यम वर्गिय परिवारका सदस्यले आफना बालबालिकालाई बोर्डिङ स्कुल पठाउन थालेका छन् । नगद आय आर्जनले हुदा परिवारमा आर्थिकरुपमा शिक्षा, स्वास्थ, र घरायसी खर्च टार्न टेवा पुगेको छ । छत्रेदेउराली सामाजिक उद्यमी महिला समुहकी व्यवस्थापक शान्ता तामाङको अनुभवमा बाख्रापालनबाट वैदेशिक रोजगारीमा निर्भर रहेको गाउँको परनिर्भरता र विस्तारै कम हुदै गएको छ।
१८ वर्षसम्म साउदी अरेवियामा काम गरि फर्किएका राजन सुनारले भने “घरायसी खर्च र वालवच्चा पढाउने आधार बाख्रापालन भयो ”। गाउँमा ब्रोइलर कुखुरापछि सबैंभन्दा बढी खसीबोकाको खपत हुन्छ । स्थानिय जातका बाख्राको मासुको रोजाई उपभोक्तामा छन् ।
अहिले गाउँमा धरै युवाहरु मलेसिया, साउदी, कतारबाट फर्किएर घरमा बाख्रापालनमा श्रीमतिलाई सघाईरहेका छन् । छत्रेदेउराली गाउँमा हेफरको साथ सहयोगलाई सम्मानजनक रुपमा हेरेका छन, जनताले नयाँ प्रविधि र तालिममा यस भेगमा सहयोग जारी रहेनेमा सबै जनताको विश्वास रहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८० ०९:२६