घुमरमा डी.ए.भी. कलेजको दमदार प्रस्तुती


ईकोनोमिक खबर, काठमाण्डौं। अठारौँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी डी.ए.भी कलेज, भनिमण्डल, ललितपुरका १८ जना विद्यार्थीहरुले ११ विधाहरुमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पुनः चिनाउन सफल भएका छन । 
गत चैत्र २३ र २४ गते युनिभर्सिटी अफ राजस्थानले आयोजना गरेको अठाराँै अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी भएका करिब ६० युनिभर्सिटीका विद्यार्थीहरुले आ–आफ्ना प्रतिभा र कला प्रदर्शन गरेका थिए । डी.ए.भी. कलेज, भनिमण्डल, ललितपुरले सम्पूर्ण विधाहरुमा  सहभागी जनाउँदै समग्रमा तृतिय स्थान हाँसिल गर्न सफल भयो । 
तृतिय स्थान सुरक्षित गर्न  सहभागी सबै विद्यार्थीहरुको उल्लेखनीय भूमिका रहेको थियो । डी.ए.भी., बी.बी.ए.की प्रमिला पोख्रेल ले मिस घुमर टाइटल जित्न सफल भइन भने बी.बी. एस की प्रनिता श्रेष्ठले मिस ट्यालेन्ट अर्वाड हात पारिन् । 
त्यसैगरि बी.बी.ए. की जुही अधिकारीले कविता प्रतियोगितामा प्रथम स्थान हाँसिल गरिन भने रितिक जयसवालले गीत गायन प्रतियोगितामा  द्वितीय स्थान प्राप्त गरे । पेन्टिङ्ग प्रतियोगितामा निमिसा शाक्यले द्वितीय स्थान जित्न सफल भइन् । 
यसका अलावा डी.ए.भी. कलेजका विद्यार्थीहरुले सास्कृतिक नृत्यमा तृतीय स्थान हात पारे । 
त्यसैगरि डी.ए.भी. कलेजका विद्यार्थीहरुले निबन्ध, बादविवाद, अन द स्पट पेन्टिङ्ग कार्टुनीङ्ग र मेहेन्दी कला प्रतियोगिताहरुमा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गरे । 
विद्यार्थी टोलीहरुको साथमा शिक्षकद्वय माधव अधिकारी र विष्णु गिरी सहभागी थिए । 
डी.ए.भी. कलेज अफ म्यानेजमेन्टले जनाएअनुसार, विद्यार्थीहरुको यसखाले प्रदर्शनी अन्तर्राष्ट्रिय मञ्चमा लामो समयदेखि अपेक्षा गरिएको थियो  र विद्यार्थीहरु विभिन्न उपाधीहरु जित्न योग्य  समेत रहेका थिए । 
साथै डी.ए.भी. कलेजले अठारौँ अन्तर्राष्ट्रिय युवा मेलामा  सहभागी भई नेपाल र भारतबिचको  मैत्री सम्बन्धलाई  प्राज्ञिक र जनस्तरमा थप प्रगाढ गर्न सफल भएको छ । युनिभर्सिटी अफ राजस्थानले हरेक वर्ष यसखाले अन्तर्राष्ट्रिय युवा मेला आयोजना गर्दै आएको छ ।