
काठमाडौं। नेपाल बिमक संघमा नयाँ नेतृत्व आएको छ।
अध्यक्षमा सिद्धार्थ प्रिमियर इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री निर्वाचित भएका छन्।
संघमा नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा सबै कार्यसमिति पदाधिकारी र सदस्यहरु सबै निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा नेको इन्स्योरेन्सका अशोककुमार खड्का र महासचिवमा एनएलजी इन्स्योरेन्सका सुनिल बल्लभ पन्त निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा आईजीआई प्रुडेन्सियल इस्योरेन्सका युगेशभक्त वादे श्रेष्ठ र सदस्यहरुमा दि ओरेएन्टल इन्स्योरेन्स कम्पनीका टोटोन चक्रवर्ती, हिमालयन एभरेष्ट इन्सयोरेन्सका अन्जु श्रेष्ठ र प्रभु इन्स्योरेन्सका सन्चित बज्राचार्य निर्वाचि भएका छन् ।