ईकोनोमिक खबर, काठमाण्डौं। धादिङ धुनिवेशी नगरपालिका मैदानकी सरस्वती पाण्डेले वार्षिक साढे १ लाख रुपैंयाँ भन्दा बढी आम्दानी बाख्रापालनबाट गर्देै आउँनु भएको छ । श्री छत्रेदेउराली सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट २०७० सालमा एउटा बाख्रा पाएपछि व्यवसायीक ब्राखापालन आरम्भ भएको हो ।
हेफर इन्टरनेशनल नेपाल, महिलाको निम्ति महिला मञ्च र धुनिबेसी नगरपालिकाको सहयोगका कार्यक्रम संचालन भइरहेको छ ।
हेफर इन्टरनेशनलसंगको साझेदारीमा कार्यक्रम संचालन भएका ठाउँमा सहकारी मार्फत किसानलाई बीउ ब्राखा उपलब्ध गराईन्छ । बीउ बाख्रा संगै बाख्रापालनको आधारभूत तालिमले यस क्षेत्रका महिलाहरुको उद्यमशिलता मात्र बढेको छैन, आत्मनिर्भर पनि हुनथालेका छन, स्थानिय रामनारायण जमरकट्ेलले भने । महिला उद्यमी तथा सरस्वति पाण्डेको भनिन तालिमले धेरै सिकायो । ३१ ह्जार २९ जना संख्या रहेको काठमाडौं संगै जोडिएको यस नगरपालिकामा भौतिक पूर्वाधार समेत कमजोर छ । अन्य बाली नाली लगाउन आकाशकै भर पर्नुपर्छे । यसै पनि मानव विकास सूचाकांकमा कमजोर रहेको यस नगरपालिकामा २०७० को भूकम्पले झन धेरै क्षति गरायो । जिविकोपार्जनमा सिमित रहेको कृषि बाहेक अन्य आर्थिक आय आर्जन नभएको यस क्षेत्रका स्थानियको भनाई छ । आर्थिक अवस्था गतिलो नहुदा भूकम्प अघि विद्यालयमा विद्यार्थी टिकाउन सकिएको थिएन । घरको आर्थिक अवस्था राम्रो नहुदा आफै पठाइ छोडेका थिए । बालबच्चा समेत पढाउन समस्या भइरहेको बेला हेफरबाट संचालित कार्यक्रमले ठूलै राहत दियो, छत्रेदउराली सामाजिक उद्यमी महिला सहकारी संस्थाकी सचिव रहेकी पाण्डेको अनुभव छ । महिला सदस्यहरुले उत्पादन गरेका खसीबोका समेत सहकारीले नै बिक्रीवितरण समेत गर्ने गरेको छ । १९ वटा बाख्रापालेकी चेतना महिला समुहकी सुकमाया बिकले भनिन बजारको समस्या छैन । औषत २० देखि २५ किलोका खसीबोका स्थानिय स्तरमैं खपत हुन्छ । एकै पटक धेरै उत्पादन हुँदा सहकारीले नै खपत गर्ने हुँदा बजारको समस्या छैन । धेरै व्यापारी घरै पुग्छन् , बीकले भने । आउँदा दिनमा बाख्रापालन बढाउदै लैजाने बीक परिवारको योजना रहेको छ । बीकका श्रीमान अहिले साउदी अरेवियाबाट फर्किएर घरमा बाख्रापालनमा श्रीमतिलाई सघाईरहेका छन् ।
सिंचाईको अभाव रहेको गाउँमा बाख्रापालनकै भर ।
काठमाडौंसंगै जोडिएको जिल्ला धादिङको धुनिवेशी नगरपालिकाको छत्रे देउरालीको बडा १, २ , र ३ मा सिंचाईको व्यवस्था छैन । अन्य बालीनाली लागाउन आकाशै भर पर्नुपर्ने अवस्था रहेको छ । सिचाईको अभाव भएपनि बाख्रापालनबाट स्थानीयको रोजीरोटी चलेको छ । १८ वर्षसम्म साउदी अरेवियामा काम गरि फर्किएका राजन सुनारले भने “ घरायसी खर्च र वालवच्चा पढाउने आधार बाख्रापालन भयो ”। गाउँमा ब्रोइलर कुखुरापछि सबैंभन्दा बढी खसीबोकाको खपत हुन्छ । स्थानिय जातका बाख्राको मासुको रोजाई उपभोक्तामा छन् ।
उन्नत जातको घाँसको खेती, अहिलेको तालिमलाई अझ परिस्कृत , उन्नत जातको बाख्राको व्यवस्था गर्ने सकेको भए युवा पुनस्र्थापनाको गतिलो माध्यम बाख्रापालन हुनेछ । वैदेशिक रोजगारीबाट फर्किने युवालाई स्वदेशमैं पुनस्र्थापना गर्ने ढिला भईसक्यो सुनारले भन्नुभयो । स्वदेशमा उत्पादन हुने मासुका लागि अर्बो रुपैंयाँ खर्चिनु पर्ने अवस्था रहेकोमा बाख्रापालनमा युवामा लगानी गरेको भए केहिमात्रामा यस कार्यबाट युवा विदेशीन रोकिन सक्छ ।
सिमित स्रोत साधनका विच पनि किसानले गरेको मेहनत रहरलाग्दो छ स्थानिय पशु प्राविधिक नारायण जमरकट्टले भने, कार्यक्रम विस्तार गर्ने सके वैदेशिक रोजगारी बाट आउँने युवाहरु यतै रहन सक्छन् ।
भूकम्पपछिको पूनस्थापनामा
यसै पनि मानव विकास सूचकांकमा तल रहेको साविकको छत्रेदेउराली गाविस र अहिलेको धुनिवेसी नगरपालिकामा भूकम्पका बेला सयौं घर भत्किए भने मानविय क्षती समेत भयो । भूकम्पपछिको आर्थिक सामाजिक पुनस्र्थापना समस्याको रुपमा रहेको थियो । स्थानिय महिला समुह मार्फत बाख्रापालनपछि भने नगद आम्दानी शुरु भएपछि भने परिवारमा ठूलो राहत मिलेको छ । विपन्न समुहले आफना बालबालिका लाई राम्रो विद्यालय पठाउन थालेका छ्न । मध्यम वर्गिय परिवारका सदस्यले आफना बालबालिकालाई बोर्डिङ स्कुल पठाउन थालेका छन् । नगद आय आर्जनले हुदा परिवारमा आर्थिकरुपमा शिक्षा, स्वास्थ, र घरायसी खर्च टार्न टेवा पुगेको छ । छत्रेदेउराली सामाजिक उद्यमी महिला समुहकी व्यवस्थापकी शान्ता तामाङको अनुभवमा बाख्रापालनबाट वैदेशिक रोजगारीमा निर्भर रहेको गाउँको परनिर्भरता र विस्तारै कम हुदै गएको छ ।
स्थानियस्तरका बाख्रापालन बढ्दा मासुमा रहेको परनिर्भरता घट्यो, पशु सेवा विभाग ।
कृषि अर्थतन्त्रमा बाख्रापालनको बढोत्तरीले १५ औ योजनाले लिएको लक्ष्य भेटाउन सम्भव हुने देखिएको छ । अन्य सुचकांकका सुधार हुन नसकेको भएपनि पशुपालनमा हाम्रो सुधार निरन्तर राम्रो छ । पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकाल भन्छन, गाउँ गाउँमा बाख्रापालन राम्रो हुँदा यो सम्भव भएको हो । नेपाललाई चाहिने ९५ प्रतिशत मासु नेपालमै उत्पादन हुन्छ । करिव ५ प्रतिशत मात्र बाहिर बाट ल्याउनु परेको छ । गत वर्ष ३९८ मेट्रिक टन मासु आयात भयो । सात वर्ष अघि प्रति वर्ष ४ देखि ५ लाख खसीबोका आयात भएकोमा गत वर्ष ५५ हजार वटा खसी आयात भए । बाख्रापालनमा यो प्रगती अन्य क्षेत्रमा भन्दा बढी हो । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार पशुपालनमा युवा कृषक र विकास साझेदारहरुको सक्रिय सहभागीताले यो उपलब्धी हासिल भएको हो । विश्व खाद्य संगठनले वर्षमा कम्तिमा १४ केजी मासु उपभोग हुनुपर्ने देखाएको छ । तर हाम्रो देशमा प्रति व्यक्ति १८.१ केजी खपत भएको छ । खाद्य सुरक्षा कायम गर्नेका लागि यो महत्वपूर्ण उपलब्धी बनेको छ । देशको करिव ६० प्रतिशत जनताहरुको जिविकोपार्जनको प्रमुख स्रोत रहेको कृषि क्षेत्र देशको आर्थिक मेरुदण्डको रुपमा रहेको छ । कृषि क्षेत्रमा पनि पशुपालन क्षत्रले देशको कुल गार्हस्थ्य उत्पादन तथा कृषि कुल कृषि गार्हस्थ्य उत्पादनमा क्रमश करिव १३ तथा २७ प्रतिशत योगदान गर्दे आएको छ । राष्ट्रिय समस्याको रुपमा देखिएको मातृ तथा बालबालिका कुषोषणको समस्या न्यूनीकरणका दुध , अण्डा र मासुको महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । देश दूध र मासुमा पूर्ण आत्मनिर्भर हुने क्रममा रहेको छ । नेपाल सरकारका आवधिक योजनामा समेत आत्मनिर्भर र निर्यातको लक्ष्य राखेको छ । पछिल्ला वर्षहरुमा खसीको मासुको उत्पादनमा पनि वृद्धि भइरहेको छ । नेपाल सरकारले लिएको लक्ष्य अनुसार पशुपालनमा बढोत्तरी भएको देखिन्छ । गत आर्थिक वर्षमा खसीबोका बाट करिव ८० हजार मेट्रिक टन मासु उत्पादन भयो, जुन पछिल्लो एक दशकमा एक चौथाइले बढेको हो । २०७५ फाल्गुन अन्तिमदेखि सरकारले क्वारेन्टिन ऐनलाई कार्यान्वयनमा कडाई गरेपछि भारतबाट सजिलै आयात हुने खसीबोका नेपाल आउँन करिब रोकिएका छन् । भारतीय खसीबोका नआउँदा बजारमा खसीको मासुको चुलिएर मूल्य ह्वात्तै बढ्ने अनुमान थियो । तर स्वदेशी खसीबोकाले बजारलाई थेगेपछि मूल्यमा ठूलो चाप परेन ।
खसीबोका आयातमा सरकारले घुमाउरो बन्देजले मासु आयातमा वर्षेनी ३ अर्बभन्दा बढी रकम जोगिएको छ । नेपालमा कुल वार्षिक मासुको खपतमा कुखुराको ४६ प्रतिशत, राँगा भैसीको ३३ प्रतिशत र खसीबोकाले १७ प्रतिशत र सुँगुर बंगुरले ४ प्रतिशत योगदान गर्छेन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो उपलब्धी हुनुमा मन्त्रालय संगै नेपालमा संचालित विकास साझेदारहरुको योगदान पनि रहेको छ ।