नगर प्रमुखकाे सक्रियतामा बसुन्धारामा रहेको १०.५ रोपनी सरकारी जग्गा संरक्षण सुरु


काठमाडौं । टोखा नगरपालिकाले बसुन्धारा इसान अस्पताल क्षेत्रमा रहेको १०.५ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्ने कार्य आजबाट सुरु गरेको छ ।

माघ २४ गतेसम्मको समय दिएर घर टहरा तथा कवाडी हटाउन नगरपालिकाले यसभन्दा अगाडी अन्तिमपटक पत्राचार गरेको थियो।

स्थानीयहरुले सार्वजनिक जग्गामा भएको घर-टहरामा डोजर लगाई हटाउन र सार्वजनिक जग्गा संरक्षण गर्न बारम्बार नगरपालिकालाई अनुरोध गर्दै आएका थिए।

लामो समयदेखि विभिन्न व्यक्ति र कवाडी व्यवसायीहरुले सो जग्गा प्रयोग गर्दै आइरहेका थिए । आज बिहान नगर प्रहरी, नेपाल प्रहरी, स्थानीय जनता र जनप्रतिनिधिहरुको सक्रियतामा जग्गा खाली गराएर चारैतिर तारबार लगाउने कार्य सुरु भएको हाे।