ईकोनोमिक खबर, काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ ।
उक्त सभामा सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा जानकारी गराए ।
बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्यनजर गरी आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम आजको विशेष साधारण सभा बोलाइएको जानकारी गराए ।
त्यसैगरी अध्यक्ष ढकालले दुवै कम्पनीको गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा डीडीए रिपोर्ट समेतको आधारमा शेयर अनुपात क्रमश १ः१ कायम गरी दुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने जानकारी दिए ।
कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढी भन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरिएको बताए ।
नेपालमा रहेका २ उत्कृस्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप साथै अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गरी शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गरे ।
सोही अवसरमा कम्पनीहरु गाभिए पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी ३ अर्ब २ करोड, शाखा संजाल ८४, कर्मचारी संख्या ५१७ हुनेछ । त्यसैगरी व्यवसाय करिब ४ अर्ब हुने सभालाई जानकारी गराइयो । त्यसैगरी नियमन निकायबाट निकट भविष्यमा सुरु हुन लागेका जोखिममा आधारित पूँजीको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने समेत जानकारी गराइयो ।