ईकोनोमिक खबर, काठमाडौं। फिनिक्स कलेज अफ म्यानेजमेन्टले उत्कृष्ट खेल प्रर्दशन गरे वापत राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हालै भएको
क्रिकेट खेलमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई जनही ५० हजार नगद सहित सम्मान गरेको हो ।
उनीहरु पाँचै जना फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातकतहमा अध्यानरत विद्यार्थीहरु हुन् । उनीहरु सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेटमा छनोट गराउन सफल खेलाडी हुन् ।
खेलाडीहरुलाई कलेजका अध्यक्ष भरत गीरी, प्राचार्य प्रा.डा. फत्तबहादुर केसीले संयुक्तरुपमा टीका, माला तथा प्रशंसापत्रसहित नगद पुरस्कारले सम्मान गरे ।
कार्यक्रमको अवसरमा प्राचार्य केसीले खेलाडीहरु खेलकुदका लागि मात्रै नभई असल र मेधावी विद्यार्थी भएको जानकारी गराए । उनले खेलाडीको कलेजसँगको निकटता र उच्च शिक्षाप्रतिको लगनले विद्यार्थीहरुको पहिलो रोजाइ भएको बताए ।
यस्तै निर्देशक पोखरेलले राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई उच्च शिक्षा हासिल शतप्रतिशत पूर्ण छात्रवृत्ति उपलब्ध गराएको बताए । एक शिक्षित खेलाडीले आफूलाई संस्कार र खेललाई राम्रोसँग बुझ्न सक्षम हुने बताए ।
ुसम्मान प्राप्त गर्ने राष्ट्रिय टिमका खेलाडी ज्ञानेन्द्र मल्लले बताए, कलेजले खेलाडीहरुको योगदानको उच्च कदर र प्रशंसा प्रति हामी खेलाडीहरु कृतज्ञता ब्यक्त गर्दछु साथै खेलाडीहरुले शैक्षिक र क्रिकेट करियरलाई सन्तुलनमा राख्न कलेजले गरेको सहयोग प्रति आभारी छौ, मल्लले बताए।
यस कलेजले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्य गर्दैजाने कलेजका निर्देहक राजु टण्डनले बताए । यस कलेजमा अरुबिधामा निपुण खेलाडीहरु पनि अध्ययनरत छन ।
यस अभिनन्दन कार्यक्रममा युनिभर्सल कलेजका प्रमुख शिवदत्त ज्ञावली, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडका, नेपाल क्रिकेट संघका चुम्बी लामा लगायतका प्रमुख ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजले सन् २०१२ देखि नेपालमा स्नातक र स्नातकोत्तर तहका व्यावस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधि संकायका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।