सिद्धार्थको म्युचुअल फण्ड आउँदै


इकोनोमिक खबर,

काठमाडौं। सिद्धार्थ क्यापिटलको एक अर्ब ४० करोड रुपियाँ बराबरको म्युचुअल फण्ड आउने भएको छ। सिद्धार्थले सो रकम बराबरको म्युचुअल फण्डको इकाई बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। सिद्धार्थ क्पापिटलले ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम –२’ योजना अन्तर्गत १४ करोड इकाई जारी गर्न अनुमति मागेको हो।

म्युचुअल फण्ड योजनामा प्रतिइकाई १० रुपियाँको दरले आवेदन दिन पाइने सिद्घार्थले जनाएको छ। सिद्धार्थ क्पापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो चौथो म्युचुअल फन्ड हो। हाल सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम र सिद्धार्थ इक्विटी फन्ड सञ्चालनमा छन्।

ग्रोथ स्कीम–१ योजना गत पुस ९ गते परिपक्क भएको थियो। ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ को बिक्री प्रबन्धकको काम पनि सिद्धार्थ क्यापिटलले गर्नेछ।