बैङ्क स्थापना नहुँदा सेवाग्राहीलाई समस्या


इकोनामिक खबर,
जाजरकोट, स्थानिय संवाददाता। जाजरकोटका तीन स्थानीय तहमा बैंक स्थापना नहुँदा सो सम्बन्धी कारोबारका लागि स्थानीयवासी सदरमुकाम खलङ्गा जान बाध्य छन्।

बैङ्क कारोबारका लागि सुरक्षा व्यवस्था प्रभावकारी नहुँदा जिल्लाका जुनिचाँदे, बारेकोट र कुशे गाउँपालिकामा बैङ्क स्थापना हुन नसकेको हो । ती गाउँपालिकाको बैकिङ कारोबारदेखि कार्यालय सञ्चालन समेत सदरमुकामबाट नै हुँदै आएको छ।

बैङ्क स्थापना हुने कुशे–६ भाम, बारेकोट–२ लिम्सा र जुनीचाँदे–४ लुहादहमा प्रहरी चौकी छैन। सुरक्षाकै लागि तीन गाउँपालिका र एक नगरपालिकामा बैङ्क सुरक्षाका लागि अस्थायी प्रहरी पोस्ट माग गरिएको भए पनि सम्बोधन भएको छैन्। सुरक्षा अभाव भएको भन्दै कृषि विकास बैंकले आफ्नो शाखा सञ्चालनका लागि ती गाउँपालिकामा घर भाडा लिएको तीन महिना भईसक्दा पनि सेवा प्रवाह हुन सकेको छैन्।

कृषि विकास बैंक क्षेत्रीय कार्यालय नेपालगञ्जका निर्देशक रामचन्द्रद्रआचार्यले सुरक्षा र सञ्चारको समस्य भएकाले काम गर्न समस्या भएको बताउनुभयो।
त्यस्तै छेडागाड नरपालिकाको थलह बजारमा जनता बैङ्क स्थापना भएर सेवा आरम्भ गरिसकेको भए पनि अहिलेसम्म सुरक्षा पोस्ट नहुँदा एक घण्टा टाढा रहेको बडावन इलाका प्रहरीले सुरक्षा दिँदैै आएको छ।

बारेकोट गाउँपालिकाबाट दुई दिन हिँडेर सदरमुकाम आइ काम गर्नुपर्ने बाध्यता आएको र बीचमा पैसा लिएर जाँदा असुरक्षा बढेको बताइएको छ।