कुमारी बैक लिमिटेड र साइमेक्स् इन्क. प्रा.लि. बीच सम्झौता


ईकोनोमिक खबर, काठमाण्डौं। कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क. प्रा. लि. (Cimex Inc. Pvt. Ltd.) बीच ग्राहकहरूलाई BYD ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप 
आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा BYD ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।
यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि BYD डिलरबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै ८०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधीसम्म लिन मिल्ने  प्रावधान गरिएको छ ।
आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।