ईकोनोमिक खबर, काठमाडौं। टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी -एन्टर्क ओनर्स ग्रुपM_ राईड सम्पन्न गरेको छ ।
गत फागुन १३ गते शनिबार आयोजना भएको यस राईड टिभिएसको विराटनगर शोरुमबाट शुरु भएर लेटाङ सम्म पुगेर समापन भएको थियो।
उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। साथै सहभागि सम्पूर्ण राईडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राईडरलाई मेडल पनि प्रदान गरिएको थियो ।
करिब ४० जना राइडरहरु सहभागि भएको उक्त राईड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राईडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राईडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।