१ लाख राशीको फुटसल प्रतियोगिताको उपाधि जित्यो वल्र्डलिंक कम्युनिकेशनले


ईकोनोमिक खबर, काठमाण्डौं।
नेपाल दुरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा आयोजित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिता २०७९ को उपाधी वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले जितेको छ। 

गत २९ माघदेखि फागुन ५ गतेसम्म राजधानीमा सञ्चालित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिताको फाइनल खेलमा वल्र्डलिंकले एनसेलको टिमलाई ३–२ को गोलअन्तरले हराउँदै बिजयी भएको हो। बिजेता टिम वल्र्डलिंकले एक लाख राशीको पुरस्कार जितेको छ । उपविजेता एनसेनले ६० हजार रुपैयाँ पुरस्कार पाएको छ। 

प्रतियोगिताको तेस्रो उपाधीको लागि भएको खेलमा भने डिस मिडियाले मर्कन्टाइल कम्युनिकेशनलाई २३–४ गोलअन्तरले पराजित गरेको छ । तेस्रो हुने डिस मिडिया नेटवर्कले ४० हजार नगद पुरस्कार पाएको छ। सो अन्तर सेवाप्रदायक फुटसल प्रतियोगितामा १० वटा इन्टरनेट सेवाप्रदायक कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।

सो प्रतियोगितामा वल्र्डलिंक कम्युनिकेशन., नेपाल टेलिकम, डिस मिडिया नेटवर्क, स्मार्ट टेलिकम, सुबिसु केबलनेट लिमिटेड, सिजी कम्युनिकेशन लिमिटेड, मर्कन्टाइल कम्युनिकेशन, एनसेल आजिटा लिमिटेड र ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन लगायत कम्पनीहरले सहभागिता जनाएका थिए।