
ईकोनोमिक खबर, काठमाडौं ।
युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्न र गाभिन सहमत भएका छन् ।
यी दुई कम्पनी बीच हालै मर्जर सम्झौता सम्बन्धी प्रारम्भिक सहमति भएको हो । यी कम्पनीहरुले एक आपसमा गाभिएर नयाँ र सिंगो कम्पनी बन्नका लागि मंगलबार सहमति गरेका हुन् ।
यसअघि प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको थियो । तर विविध कारणले प्रभु इन्स्योरेन्ससँगको सहमति टुटेपछि अजोडले युनाइटेड इन्स्योरेन्ससँग मर्जरको प्रारम्भिक सहमति गरेको हो । सम्झौता पत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी द्ववाले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा युनाइटेडका अध्यक्ष रविभक्त श्रेष्ठ र अजोडका अध्यक्ष आजाद श्रेष्ठ समेत उपस्थिति रहेको थियो ।
मर्जरपछि युनाइटेड र अजोडबीच १००ः९० स्वाप रेसियो हुने प्रारम्भिक सहमति भएको बताइएको छ । मर्जरपछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।