इकोनामिक खबर,
काठमाडौं। चार वर्षे कार्यकाल पुरा गर्नुभएका नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहलाई विदाई गरिएको छ विदाइ समारोहमा निवर्तमान सिइओ शाहले नेपाल बैंकको पूँजी पर्याप्तता अनुपात नपुगेको कारणले राष्ट्र« बैकबाट सिघ्र सुधारात्मक कार्यवाही चलाउने चेतावनी दिईरहेको अवस्थामा आफूले कार्यभार सम्हाल्न परेको स्मरण गर्दै चार वर्षको अवधिमा सबै वित्तिय परिसूचकहरु सुदृढ अवस्थामा आईपुगेकोमा आफूलाई सन्तोष लागेको बताउनुभयो।
कार्यक्रममा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैक लिमिटेडलाई वित्तिय हिसाबले सबल र गतिशील बनाउन निवर्तमान प्रमुख कार्यकारी अधिकृत शाहद्वारा पु¥याएको योगदानको सराहना गर्दै आगामी दिनमा बैंकको प्रमुख सद्भावना राजदूतको भुमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो।
निवर्तमान सिइओ शाहले खुल्ला प्रतिष्पर्धाबाट २०७१ चैत ११ मा नेपाल बंैक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हाल्नुभएको थियो।